नेपालले गुजरातलाई ८ विकेटले हरायो
काठमाडौं : नेपालले गुजरातलाई ८ विकेटले हराएको छ। भारतको भापीमा आइतबार भएको खेलमा नेपालले १५.२ मा लक्ष्य पछ्याएको हो। गुजरातले पहिले ब्याटिङ गर्दै नेपाललाई ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन र अनिल साह ३२ रनमा अविजित रहे। त्यसअघि कुशल भुर्तेल १७ र आरिफ शेख १६ रनमा आउट भएका थिए।
टस हारेर ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रन बनाएको थियो। नेपालका लागि गुल्शन झाले ४ र करण केसीले ३ विकेट लिएपछि गुजरात स्तब्ध बनेको थियो। गुजरातका लागि रुद्र पटेलले २३, हेमाङ पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
एसएमएस फ्रेन्डशिप कपअन्तर्गत नेपालले भारतको भापीमा गुजरात र बरोडासँग त्रिकोणात्मक टी-२० सिरिज खेल्दैछ।