आयरल्याण्ड 'ए'विरुद्ध नेपाल 'ए' ले पहिला ब्याटिङ गर्दै
काठमाडौं : आयरल्याण्ड 'ए'विरुद्ध टी ट्वान्टी अभ्यास खेलअन्तरगत तेस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्डका कप्तान निल रकले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ ।आयरल्याण्डविरुद्धको पहिलो खेलमा २१ र दोस्रो खेलमा ६० रनले नेपाल पराजित भएको थियो।
नेपाल ‘ए’ टि २० टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी,
बेन्च : हेमन्त धामी, विकास आग्री, किरण ठगुन्ना, अर्जुन घर्ती
प्रतिक्रिया दिनुहोस !