आरिफ शेखको अर्धशतकमा नेपाल एले आयरल्यान्ड एलाई दियो २१४ रनको लक्ष्य
काठमाडौं : नेपाल एले आयरल्यान्ड एलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर २१३ रन बनाएको हो।
नेपाला लागि आरिफ शेखले इनिङ सम्हाल्दै सर्वाधिक ९७ रन बनाए। ४८ बलमा उनले ६ छक्का र ७ चौका प्रहार गर्दै अविजित रहे। त्यस्तै कमल ऐरी ७ बलमा १९ रन बनाउँदै अविजित रहे।
नेपालले यसअघि नै आयरल्यान्ड एविरुद्धको सिरिज गुमाएको थियो। आएरल्यान्ड एले पहिलो खेल २१ रन र दोस्रो खेल ४० रनले जितेको थियो। नेपाल एले आयरल्यान्ड एसँग पर्सी बुधबारदेखि एक दिवसीय शृंखला खेल्नेछ।