‘इलेक्ट्रिक एसयुभी’को ‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस ७ सार्वजनिक

‘इलेक्ट्रिक एसयुभी’को ‘इन्टेलिजेन्स’ र ‘लक्जरी’मा नयाँ मापदण्ड स्थापित गर्ने दिपल एस ७ सार्वजनिक
सुन्नुहोस्

काठमाडौं : नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले नेपाली इभी क्षेत्रलाई रुपान्तरण गर्ने ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयुभी दिपल एस ७ सार्वजनिक गरेको छ। 

यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाएजस्तै नयाँ दिपल एस ७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन् जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउनेछ। 

दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ। नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरेको यो ‘इन्टेलिजेन्ट इलेक्ट्रिक’ एसयुभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। दिपल एस ७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रि डी म्यापिंग प्राजेक्सन’ गरी गरिएको हो। 

१५ भन्दा बढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचर 

दिपल एस ७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ जसको माथि ६६८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज (डब्लुएलटीपी) दिन्छ। अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस ७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन्।  संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट  हातको संकेतबाट कमान्ड लिनसक्छ। 

साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिंगलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ। साथै, क्याबीनको बीचमा १५६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ। दिपल ७ मा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ। 

दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको विशाल टायरले इभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ। साथै, नेपालमै पहिलो पटक, कुनै पनि इभीमा चार ‘ड्राइभिंग मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिंग अनुभव दिलाउँछ। दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ले यो ई एसयुभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाएको छ। 

साथै यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन्। कारभित्रको वातावरणलाई ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सो’ जस्ता ‘इन्टेलिजेन्ट सिनेरियो मोड’हरू छन्। 

साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ। सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’सहितको ‘इन्टेलिजेन्ट एडास २५’, ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिग मनिटरिंग सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निंग’, ‘ट्रान्सपेरेन्ट च्यासिस’सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निंग’ लगायत धेरै व्यवस्था रहेको छ। 

इलेक्ट्रिक मोबिलिटीमा नयाँ अध्याय

कार्यक्रममा एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवालले दिपल एस०७ एउटा इभी मात्र नभएर नेपालमा इलेक्ट्रिक मोबिलिटीको भविष्य कस्तो हुनसक्छ भन्ने दृश्तान्त भएको बताए। ‘हामीलाई गर्व छ कि हामीले पर्फमेन्स र लक्जरीको सीमालाई फराकिलो पार्ने मात्र होइन नेपालमा पहिले कहिल्यै नदेखिएको र अनुभव नगरिएको इन्टेलिजेन्स र इनोभेसनले भरिएको कार ल्याएका छौं,’ उनले भने।

चांगान अटोका डेपुटी जनरल म्यानेजर गुआयन सिनले चांगानका लागि नेपाली बजार महत्वपूर्ण र भरपर्दो भएको बताए। ‘हामी नेपाली बजारमा अझ धेरै चांगानका गुणस्तरीय, सुरक्षित र उच्च प्रविधिका गाडीहरू ल्याउने लक्ष्य लिएका छौं। साथै ग्राहकको अनुभव र बिक्रीपछिको सेवालाई पनि हामी उत्तिकै महत्व दिएका छौं किनभने चांगानको पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि नै हो,’ उनले भने।

नेपालमा दिपल एस०७ को सुरुवाती मूल्य ७१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यो ६ आकर्षक कलरमा उपलब्ध हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.