जीडब्लुएमका गाडीहरुमा 'शानदार नववर्ष २०८१' अफर

जीडब्लुएमका गाडीहरुमा 'शानदार नववर्ष २०८१' अफर

काठमाडौं : ग्रेट वाल मोटर (जीडब्लुएम) को नेपालका लागि आधिकारिक वितरक भिजिइम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘शानदार नववर्ष २०८१’ योजना ल्याएको छ। यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा विशेष अनि आकर्षक अफरहरु प्रवर्द्धन गरिएको छ।

ग्रेट वाल मोटर (जीडब्लुएम)का मोडेलहरुमा ल्याइएका यी अफरमार्फत ग्राहकहरूले उल्लेखनीय लाभहरू पाउनेछन् : ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित ५ लाखसम्मको फाइदा पाउनेछन, हाभलका एच् सिक्स, र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश हुने कम्पनीले बताएको छ।

यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने कम्पनीले विश्वास लिएको छ।

ओरा ०३ इभी: ५ लाखसम्मको फाइदा

यो नयाँ वर्ष ईलेक्ट्रिक गाडी उत्साहीहरुले जि.डब्लु.एमको प्रीमीयम ईभी ओरा ०३ मा ५ लाखसम्मको फाइदाको साथ फ्री एसेसरीज, आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस को सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले यसको स्टाइल र लक्जरीको साथ, निःशुल्क फास्ट चार्जर र पावर ब्याट्री ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष सम्म १५०,००० किमी वारेन्टी लगायतका सुविधा लिई वातावरणमैत्री र सहज यात्राको अनुभव लिन सक्नेछन्।

हाभल एच सिक्स, र जोलायन: ८.५ लाखसम्मको फाइदा

हाभल– एच् सिक्स, र जोलायनमा ग्राकहरुले पावर र लक्जरीको उत्कृष्ट मिश्रणको अनुभव लिई ८.५ लाख सम्मका फाइदाहरू लिन सक्नेछन्, साथै आकर्षक नगद छुट, १ वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज जस्ता प्रभावशाली सुविधाहरुको साथ यो प्रस्तावले नयाँ वर्षको एसयूभी यात्रालाई उत्कृष्ट बनाउनेछ।

पावर: १० लाखसम्मको फाइदा

जीडब्लुएमको पावर पिक–अपको साथ एन्डुरेन्स र क्यापाबिलिटीको अनुभव तथा १० लाख सम्मको फाइदाहरू लिन सकिनेछ। इलेक्ट्रिक सनरुफ, लेदर सिट, उत्कृष्ट सुरक्षा सुविधाहरू र रिभर्स पार्किङ क्यामेरा सुविधा रहेको पावर पिक–अपले हरेक यात्रामा आत्मविश्वास सुनिश्चित गर्दै, साहसिक कार्यलाई अविस्मरणीय बनाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.