नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
काठमाडौं : नेपालले बरोडालाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको गुजरातस्थित भापीमा भइरहेको टी-२० फ्रेन्डसीप प्रतियोगिताअन्तर्गत नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १५६ रन बनाएको हो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ४० रन बनाए। त्यस्तै सन्दीप जोराले २९, अनिलकुमार साहले २५, रोहितकुमार पौडेलले १८, गुल्शन झाले १३ र कुशल भुर्तेल र आसिफ शेखले ९-९ रन बनाए। नेपालले यसअघि गुजरातलाई पराजित गरेको थियो।