नेपालले बरोडालाई २७ रनले हरायो
काठमाडौं : नेपालले बरोडालाई २७ रनले पराजित गरेको छ। निर्धारित ओभरमा अलआउट हुँदै बरोडाले १२९ रनमात्र बनाएपछि नेपाल २७ रनले विजयी भएको हो।
त्यसअघि नेपालले बरोडालाई १५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतको गुजरातस्थित भापीमा भइरहेको टी-२० फ्रेन्डसीप प्रतियोगिताअन्तर्गत नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ४० रन बनाए। त्यस्तै सन्दीप जोराले २९, अनिलकुमार साहले २५, रोहितकुमार पौडेलले १८, गुल्शन झाले १३ र कुशल भुर्तेल र आसिफ शेखले ९-९ रन बनाए। नेपालले यसअघि गुजरातलाई पराजित गरेको थियो।