लैनचौर डोजोका खेलाडी नगदसहित सम्मानित

लैनचौर डोजोका खेलाडी नगदसहित सम्मानित

काठमाडौं : नेपाल सितेरियो कराते संघ, लैनचौर शाखा डोजोले आफ्ना पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। दुई महिना अघि आयोजना भएको तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता खेलाडीलाई डोजोले नगदसहित सम्मान गरेको हो।

तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण विजेता रोजिना ढुंगेललाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो। यस्तै रजत पदक विजेता विनिता श्रेष्ठ, निरुपा तामाङ र सोनु श्रेष्ठलाई जनही पाँच हजार रुपैयाँबाट सम्मान गरिएको लैनचौर डोजोका अध्यक्ष राम थारुले जानकारी दिए।

गत असोजमा इन्डोनेसियामा भएको सितेरियो वल्र्ड च्याम्पियनसिपमा निरुपाले रजत पदक जितेकी थिइन्। उनले १९औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। विनिता सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपकी स्वर्ण विजेता हुन् भने रोजिताले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी थिइन्। यसैगरी सोनु नवौं राष्ट्रिय खेलकुद र सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपकी स्वर्ण विजेता खेलाडी हुन्। डोजोले यसअघि निरुपा तामाङ, विनिता श्रेष्ठ र रोजिता ढुंगेललाई स्कुटर प्रदान गरेको थियो।

पदक विजेता खेलाडीलाई लैनचौर डोजोका अध्यक्ष राम थारु, वरिष्ठ उपाध्यक्ष लक्ष्मण खड्का र कोषाध्यक्ष चन्द्र खड्कालगायतले सम्मान गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.