गाउँमा आतंक मच्चाउने राँगोलाई गोली हानेर मारियो

गाउँमा आतंक मच्चाउने राँगोलाई गोली हानेर मारियो
फाइल तस्बिर।

विराटनगर : मोरङको केराबारीमा गाउँ प्रवेश गरेर आतंक मच्चाउने एउटा राँगोलाई गोली हानेर मारिएको छ। केराबारी गाउँपालिका–८ आमजुंगीस्थित खेतमा देखा परेको बेवारिसे राँगोलाई मंगलबार साँझ ७:२५ बजेतिर गोली हानिएको हो।

इलाका प्रहरी कार्यालय केराबारीबाट वरिष्ठ सइ (वरिष्ठ प्रहरी नायव निरीक्षक) केदार सापकोटा नेतृत्वको टोलीले मार्का फोर राइफलबाट २ राउण्ड गोली प्रहार गरेको थियो। 

एक राउण्ड गोलीले नमरेपछि अर्को राउण्ड पनि गोली हान्नु परेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार अचानक गाउँमा देखा परेको राँगोले मान्छेलाई जथाभावी आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिने प्रयास गरिएको थियो। नियन्त्रणमा लिन सम्भव नभएपछि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको आदेशमा गोली हानेर मारिएको प्रहरीले जनाएको छ। 

राँगोले हानेर एक जना घाइतेसमेत भएका छन्। राँगोको आक्रमणबाट केराबारी–८ का ८० वर्षीय गञ्जबहादुर कार्की घाइते भएको जानकारी एसपी कार्कीले दिए। उनका अनुसार घाइतेलाई उपचारका लागि विराट चोकस्थित सुकुना सामुदायिक अस्पतालमा भर्ना गरिएको छ। 

खेतमा देखा परेको राँगो खेदाउने क्रममा साँझ ५:४० बजेतिर कार्कीलाई आक्रमण गरेको थियो। त्यसलगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीयसहितको टोलीले राँगोलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। पहिले नै घाइते अवस्थामा रहेको राँगोले यत्रतत्र भौतारिएर बहुलाएको जस्तो व्यवहार देखाउन थालेपछि स्थानीय त्रसित एवं आतंकित बनेका थिए। 
नियन्त्रण लिने प्रयास सफल नभएपछि थप मानवीय तथा भौतिक क्षति हुन नदिन गोली हान्नु परेको प्रहरीले जनाएको छ। राँगो मारिएपछि परिस्थिति सामान्य भएको र थप जनधनको क्षति हुन नपाएको प्रहरीको भनाइ छ। धनी सम्पर्कमा नआएपछि वडा कार्यालयले खाल्डो खनेर राँगोलाई पुरेको छ। 

कसैले मार्न खोजेको राँगोले डोरी चुँडाएर भागेको र मान्छे देख्नासाथ आक्रमण गर्ने गरेको हुनसक्ने प्रहरीको भनाइ छ। नियन्त्रणमा लिन गएको टोलीलाई समेत राँगोले लखेटेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.