श्रीमतीलाई मोटरसाइकलमा लैजाँदै गरेको भेटेपछि प्रहरीले हान्यो छुरा

श्रीमतीलाई मोटरसाइकलमा लैजाँदै गरेको भेटेपछि प्रहरीले हान्यो छुरा
सांकेतिक तस्बिर।

विराटनगर  : मोरङमा नेपाल प्रहरीका सहायक हवल्दारले एकजना भारतीय युवकमाथि छुरा प्रहार गरेका छन् ।  छुरा प्रहारबाट भारतको अररिया जोगवनीका ३१ वर्षीय मोहमद सलमान घाइते भएका छन् । सलमानमाथि मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारी चोकमा मंगलबार राति ८:५० बजेतिर छुरा प्रहार भएको प्रहरीले जनाएको छ । 

छुरा प्रहारबाट घाँटी, गर्धन र दायाँ हातका ४ वटा औंलामा चोट लागेका उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल भर्ना गरिएको छ । उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । 

उनका अनुसार छुरा प्रहार गर्ने सहायक हवल्दार विराटनगर महानगरपालिका–२ घर भएका दुसेन्त राजवंशीलाई छुरासहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी गण रानी विराटनगर दरबन्दी भएका राजवंशी अस्थायी प्रहरी पोस्ट आयल निगममा कार्यरत थिए । 

आफ्नी श्रीमतीमाथि अनैतिक सम्बन्ध राख्ने गरेको आशंकामा राजवंशीले भारतीय नागरिक सलमानमाथि छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजवंशीकी श्रीमतीको माइती बूढीगंगा हो । प्रहरीका अनुसार श्रीमतीलाई मोटरसाइकलमा राखेर माइती घरतिर लैजाँदै गरेको अवस्थामा भेटेपछि सहायक हवल्दार राजवंशीले सलमानमाथि छुरा प्रहार गरेको प्रहरीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.