नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य
काठमाडौं : नेपालले गुजरातलाई १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। भारतको गुजरातस्थित भापीमा भइरहेको टी-२० फ्रेन्डसीप प्रतियोगितामा नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १८१ बनाएको हो।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। कुशल ६७ रन र आसिफ ८५ रन बनाएर पेभेलियन फर्किएका थिए।
अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कप्तान रोहित कुमार पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुल्झन झाले ४ र अनिल साह शून्यमै आउट भए। विवेश यादव ७ र प्रतिश जिसी ४ रनमा अविजित रहे। नेपालले यसअघि गुजरात र बरोडालाई हराइसकेको छ। आजको खेल जितेमा फाइनल पुग्नेछ।