गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

गुजरातलाई ८ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं : नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १७३ रनमात्र बनाउनसक्यो। 

गुजरातका लागि उमंग रोहित कुमारले सर्वाधिक ४७ रन बनाए भने हर्ष के देसाईले २९ रन बनाए। नेपालका लागि कुशल मल्लले २ र सोमपाल कामीले २ विकेट लिए।

त्यसअघि नेपालले निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १८१ बनाएको थियो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। कुशल ६७ रन र आसिफ ८५ रन बनाएर पेभेलियन फर्किएका थिए।

अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। कप्तान रोहित कुमार पौडेलले ३, सन्दीप जोराले २, कुशल मल्लले १, गुल्झन झाले ४ र अनिल साह शून्यमै आउट भए। विवेश यादव ७ र प्रतिश जिसी ४ रनमा अविजित रहे। नेपालले यसअघि गुजरात र बरोडालाई हराइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.