धनगढीमा तस्करी गर‍ेर ल्याएको सामान बरामद

धनगढीमा तस्करी गर‍ेर ल्याएको सामान बरामद

धनगढी : धनगढी उपमहानगरपालिका-४ को उत्तर वेहडी इलाकाबाट सशस्त्र प्रहरीले ५७ लाख १८ हजार ५ सय मूल्यको अवैध कपडा बरामद गरेको छ। 

सशस्त्र प्रहरीका अनुसार आज दिउसो सूचनाका आधारमा बसपार्क पछाडिको क्षेत्रमा टिनको टहरा बनाएर भण्डारण गरिएको अवस्थामा सामान बरामद गरिएको हो।

गोदाममा २३ वटा बोरामा प्याक गरी लुकाइ राखेको अवस्थामा कुर्ती सेट, टप्स, सारी र सुट पिस कपडा विशेष सूचनाका आधारमा पक्राउ गरिएको सशस्त्र प्रहरी नम्बर ३४ गणका डीएसपी साजेन्द्र केसीले जानकारी दिए। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले बरामद उक्त सामान बरामद गरेको हो। बरामद गरिएका कपडा भन्सार कार्यालय त्रिनगर पठाइएको छ।

सशस्त्र प्रहरीले उक्त सामान भारतबाट चोरी निकासी भई आएको दाबी गरेको छ। तर प्रहरी समक्ष उक्त सामान लिन कोही पनि आएको छैन। ‘विशेष सूचना आएको थियो, हाम्रो टोली गयो, सामान बरामद भयो तर कसको हो ? भन्ने कुरा खुल्न सकेको छैन’, डीएसपी केसीले भने।
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.