बझाङ प्रदेशसभातर्फ ७ जनाको उम्मेदवारी
![बझाङ प्रदेशसभातर्फ ७ जनाको उम्मेदवारी](https://annapurnapost.prixacdn.net/media/albums/Congresss_dPBRCqAEVJ_OyxBv4KydG.png)
बझाङ : बझाङको प्रदेशसभातर्फ १ मा हालसम्म ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, राष्ट्रिय मातृभूमि पार्टीबाट विनोदबहादुर थापा, नेपाल मजदुर पार्टीबाट खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपालबाट कमल घर्ति मगर, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टीबाट रामबहादुर जग्री र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोर कुमार खड्काले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन गर्दैछ। बैशाख १५ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ। कांग्रेस उम्मेदवार अभिषेक पृथ्वीबहादुर सिंहका छोरा हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)