एमएमएस फ्रेन्डसीप कपको उपाधिका लागि आज गुजरात र नेपाल भिड्दै
काठमाडौं : भारतमा जारी एमएमएस फ्रेन्डसीप कपको उपाधिका लागि आज नेपाली क्रिकेट टोलीले गुजरातसँग खेल्दैछ। लिग चरणका तीन खेलमा जित निकाल्दै नेपाल विजेताका रूपमा फाइनलमा पुगेको हो।
गुजरात दोस्रो स्थानमा रहँदै फाइनल पुगेको छ। जारी प्रतियोगितामा नेपाल, गुजरात र बरोडाबीच प्रतिस्पर्धा भएको थियो।
लिग चरणका चार खेलमध्ये तीन खेलमा विजयी भएको नेपाल अन्तिम खेलमा बरोडासँग ३७ रनले पराजित भएको थियो।