सुदूरपश्चिमका पहाडी जिल्लामा ९५ प्रतिशत पाठ्यपुस्तक आपूर्ति

सुदूरपश्चिमका पहाडी जिल्लामा ९५ प्रतिशत पाठ्यपुस्तक आपूर्ति
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिममा पहाडी जिल्लाका ९५ प्रतिशत बालबालिकाका लागि पाठ्यपुस्तक वितरण भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यसवर्ष भने शैक्षिक सत्र सुरु हुनुअघि नै पाठ्यपुस्तक पुर्‍याएको हो। ‘पहाडी ७ जिल्लामा ९५ प्रतिशत पाठ्यपुस्तक पुगिसकेका छन्। केही स्थानीय तहबाट विद्यालयको खातामा रकम आई नसकेकाले अलिअलि बाँकी छन्, अधिकांश स्थानमा पाठ्यपुस्तक पुगिसकेका छन्’, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुँवरले भने।

प्रदेशका ९ जिल्लामा १९  लाख पाठ्यपुस्तक आवश्यक रहेकोमा सोमबारसम्म झण्डै साढे १० लाख पाठ्यपुस्तक वितरण भइसकेका छन्। जनक शिक्षाको पाठ्यपुस्तक आपूर्ति प्रतिको खटाई देखेर पुस्तक बिक्रेता नै अचम्मित भएका छन्। ‘यसपालिको जस्तो सिस्टमको वितरण अहिलेसम्म कहिल्यै भएन। सेटमा सबै किताब पाउन थालेका छन्। एकै बिलमा माग अनुसारका पुस्तक पाइएका छन्’, बझाङको बुंगल स्टेशनरीका सञ्चालक दीपक बहादुर कुँवरले भने।

जनक शिक्षाको धनगढीमा रहेको प्रदेश कार्यालयले चैतको १४ गतेदेखि बाजुराबाट पाठ्यपुस्तक वितरण गरेको सुरु गरेको थियो। बाजुरामा १ लाख २७ हजार आवश्यक रहेकोमा त्यहाँ १ लाख १० हजार किताब पुगिसकेका छन्। दार्चुला, डडेलधुरा, डोटी, अछाम, बैतडी र बझाङका पनि अधिकांश दुर्गम भेगमा मागको ९५ प्रतिशत पुस्तक पुगिसकेका छन्। आइतबार देखि जनक शिक्षाले कैलाली र कञ्चनपुरका लागि पुस्तक वितरण सुरु गरेको छ। ‘यसपालि ऐच्छिक  विषयका पुस्तक पनि सेटमै पाइएका छन्। विगतमा ऐच्छिकका लागि भएपनि दुई/तीन पटक आउनुपर्थ्यो’, दुर्गा पुस्तक भण्डार कञ्चनपुरका सञ्चालक राजेन्द्र प्रसाद बोहराले भने। 

जनक शिक्षाले सुदूरपश्चिमका ९ जिल्लामा १९ लाख पाठ्यपुस्तक बिक्री हुने अनुमान गरेको छ। त्यसमध्ये कैलालीमा सवा ६ लाख र कञ्चनपुरमा पौने ३ लाख गरी झण्डै ९ लाख पाठ्यपुस्तक बिक्रीको अनुमान छ। सुगमका जिल्ला भएकाले जनक शिक्षाले कैलाली र कञ्चनपुरको वितरण आइतबारदेखि मात्रै गरेको हो।

९ जिल्लामध्ये आधा पुस्तक कैलाली र कञ्चनपुरमा मात्र खपत हुने भएकाले यी दुई जिल्लाका लागि पालिका अनुसारको तालिका बनाएको छु। धनगढी उपमहानगरमा मंगलबार पुस्तक वितरण हुनेछन्’, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख राम बहादुर कुँवरले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.