गोरखादरबारदेखि जीतगढीसम्मको नेपाली सेनाको पदयात्रा सुरु

गोरखादरबारदेखि जीतगढीसम्मको नेपाली सेनाको पदयात्रा सुरु

गोरखा : ऐतिहासिक महत्त्व बोकेका स्थानको पर्यटन विकास गर्ने लक्ष्यका साथ नेपाली सेनाले गोरखा दरबारदेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ। आठदिने ऐतिहासिक पदमार्गको यात्रामा सहभागी नेपाली सेनाका टोलीलाई मंगलबार गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको छ।

नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, रिपुमर्दन गणका गणपति अशोक छेत्री लगायतले सहभागी ४८ जनालाई नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन्।

सो अवसरमा गोरखनाथ तथा गोरखकालीका पुजारी, गुरुकुलका पुरोहितहरूले मन्त्र वाचन गरेर र महिला समूहको पञ्चैबाजा, नेपाली सेनाको ब्याण्डबाजा समूहले बाजागाजासहित विदाइ गरेका थिए। नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा–तनहुँ–पाल्पा हुँदै जीतगढीसम्मको आठदिने पदयात्रा गर्न लागेको हो। 

गत वर्षदेखि सुरु गरिएको यो पदयात्रा अहिले दोस्रो पटक भएको हो। ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको पृतनापति पौडेलले जनाए। यात्रामा सहभागी हुने ४८ जना नेपाली सेनाको टोलीले गोरखादेखि जितगढीसम्मको दुईसय सात किलोमिटर दूरी पूरा गर्नेछन्।

गोरखा दरबारबाट चैत २७ गते सुरु भएको यात्रा पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गर्नेछ। तनहुँमा चैत २८, २९ र ३० गते यात्रा रहनेछ। वैशाख १, २, ३ र ४ गते टोली पाल्पा पुग्नेछ। ५ गते जीतगढी पुगेपछि यात्रा भव्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ।

यात्रामा सहभागीलाई हरेक स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ। यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका पाँच पल्टनका सेना सहभागी हुनेछन्। यसअघि पनि सेनाले पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारसम्म यात्रा गरेको थियो।

नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.