गैंडाको आक्रमणमा परी घाइते भएका नेचर गाइडको मृत्यु

गैंडाको आक्रमणमा परी घाइते भएका नेचर गाइडको मृत्यु
फाइल तस्बिर

चितवन : गैंडाको आक्रमणमा परेर घाइते भएका नेचर गाइडको मृत्यु भएको छ। पर्यटकलाई डुलाउन गएका ३३ वर्षीय सुवास रेग्मीको मृत्यु भएको हो। 

बाघमाराको बबताल नजिक आक्रमण भएपछि घटनास्थलबाट एक किलोमिटर उत्तरतर्फ रहेको बिसहजार तालमा पुगेका थिए। रुखमा अडेस लगाएर बसेको अवस्थामा उनी फेला परेका थिए। 

उपचार गराउन लैजाने क्रममा उनको मृत्यु भएको हो। आक्रमण भएको साढे चार घण्टा पछि उनी फेला परेका थिए। तीन वटा हात्ती, नेपाली सेना र करिब ३० जना मानिसले खोजेका थिए। डुंगाबाट ओर्लेपछि केही पर रगत लागेको कपडा र बाइनाकुलर भेटिएको थियो। 

गोरखाको आरुघाट गाउँपालिका-८ पोखरी घर भएका रेग्मी सौराहामा डेरा गरी बस्दै आएका थिए। उनी जंगल वर्ड रिसोर्ट सौराहामा गाइडको काम गर्थे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.