सामुदायिकमा छोराछोरी पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा

सामुदायिकमा छोराछोरी पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा
फाइल तस्बिर।
सुन्नुहोस्

गोरखा : सामुदायिक विद्यालयको कक्षा १ मा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले १ लाख रुपैयाँको स्वास्थ्य बिमा गरिदिने भएको । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना हुने बालबालिका र उनका अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको नगरप्रमुख कृष्ण रानाले जानकारी दिए। 

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने उद्देश्यले यो कार्यक्रम ल्याएको नगरप्रमुख रानाले बताए। ‘अहिले कक्षा एकमा भर्ना गर्ने परिवारको स्वास्थ्य बिमा गराउनेछौं। आगामी वर्षमा हामी अरू कक्षामा भर्ना गर्ने अभिभावकलाई पनि सेवा क्षेत्र बढाउँदै लान्छौं’, रानाले भने, ‘सामुदायिक विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावकलाई निःशुल्क स्वास्थ्य बिमा गराउँछौँ। उहाँहरूले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा निःशुल्क रूपमा पाउनु हुनेछ।’ 

न्यून आर्थिक अवस्था भएका अभिभावकले सामुदायिक विद्यालयमा बालबच्चा पढाउने भएकाले उनीहरूलाई स्वास्थ्य सेवा पनि निःशुल्क दिने दायित्व नगरपालिकाले लिन यो कार्यक्रम लागू गरेको उनले बताए। ‘अहिलेसम्मको अवस्था हेर्दा सामुदायिक विद्यालयमा पढ्नेहरू आर्थिक अवस्था न्यून भएकाहरूका बच्चाहरू छन्। अलि हुनेखानेका बच्चाहरूचाहिँ बोर्डिङतिर पठाएका छन्’, उनले भने, ‘उनीहरूका लागि शिक्षा र स्वास्थ्य निःशुल्क दिने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो।’

यो कार्यक्रमका लागि यसवर्ष नगरपालिकाले १० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ। विनियोजन गरिएको बजेट अपुग भए थप गरिने उनको भनाइ छ। यसबाट नगरपालिकालाई आर्थिक भार थप हुने भए तापनि जनताको सेवा पहिलो प्राथमिकता भएको मेयर रानाले बताए। 

स्वास्थ्य बिमाको आकर्षणका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउने दर बढ्ने अपेक्षा लिएको मेयर रानाले बताए। निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमबारे प्रचार–प्रसार सम्बन्धित सामुदायिक विद्यालयका प्राध्यानध्यापकहरूले गर्ने उनले बताए। भर्ना अभियानका क्रममा प्रधानाध्यापकहरूले आभिभावकलाई जानकारी गराउने उनले बताए। निःशुल्क स्वास्थ्य बिमा गराउने जिम्मेवारी पनि विद्यालयहरूलाई नै दिइने नगरपालिकाले जनाएको छ। शिक्षकहरूमार्फत नै यो बिमा गराउने बताएको छ। ‘केही दिनअघि सबै प्रधानाध्यापकहरूको बैठकमा यो कार्यक्रमको जानकारी गराएका छौं’, उनले भने, ‘उहाँहरूबाट स्कुल–स्कुलमा प्रचार–प्रसार हुन्छ। यसबारे अभिभावकले जान्नु पर्दैन, शिक्षकले नै ल्याएर बिमा गराइ दिनुहुन्छ।’ 

सामुदायिक विद्यालयमा भर्ना भएका विद्यायार्थीको एकजना अभिभावकले बिमा गराएको भए पनि सेवा भने परिवारका पाँचजनाले पाउने छन्। ‘परिवारमा जो बिमारी परेता पनि एउटै कार्डबाट पाँच जनासम्मले उपचार सेवा पाउँछन्’, उनले भने। स्वास्थ्य बिमा गराइसकेका अभिभावकको हकमा भने यो कार्यक्रम लागु नहुने उनले बताए। 

यो कार्यक्रमअन्तर्गतको उपचार सेवा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने जो कोहीले पाउने मेयर रानाले बताए। ‘नगरपलिकाभित्रको सामुदायिक विद्यालयमा जुन पालिका वा जुन जिल्ला वा जुन देशबाट ल्याएर भर्ना गरे पनि स्वास्थ्य बिमाको सेवा लिन सक्छन्’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.