‘सहकारी ठगीमा संलग्न गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ’

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले सरकार तानाशाही भएकाले संसद् बैठक अवरुद्ध भएको जनाएको छ। आइतबार बिहान कांग्रेस संसदीय दलको बैठकले बहालवाला मन्त्री नै सहकारीको रकम ठगीमा संलग्न रहेकाले छानबीन गर्न प्रतिपक्षले उठाएको माग सरकारले बेवास्था गरेको ठहर गरेको छ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले विपक्षीले बचत रकम हिनामिनाको विषय उठाउँदा सरकारले बेवास्था गरेको उल्लेख गरे।‘उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागमाथि गम्भीर र सार्थक संवाद हुनुपर्ने हो। तर संसदीय मूल्य मान्यता विपरीत अगाडि बढेको छ।’ उनले भने,‘जनताका मागका विषयमा सरकार गम्भीर हुनुपर्छ। संसदबाट भाग्न मिल्दैन। संसदीय अभ्यासलाई कमजोर बनाउन मिल्दैन।’

उनले कांग्रेसले संसद अवरुद्ध गरेको नभई सरकार नै गैह्रजिम्मेवार बन्दा अवरोध भएको उल्लेख गरे। कांग्रेस हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना गरेको छ।

लेखकले सरकारले संसद अधिवेशन अप्रत्यासित रुपमा स्थगित गरेको बताए। उनले भने,‘पर्याप्त समय हुँदाहुँदै हिउँदे अधिवेशनको अन्त्य गर्ने, संसदमा बहुसंख्यक सांसदहरूले उठाएका कुराप्रति सरकार जिम्मेवार नहुने विषयले नै सरकार जनताप्रति उदासिन छ भन्ने कुरा प्रष्ट भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.