के-के भए काम ? (पूर्णपाठ)

अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिमूलक : सभामुख

अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिमूलक : सभामुख

काठमाडौं : प्रतिनिधिसभाका सभामु्ख देवराज घिमिरेले अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिमूलक रहेको बताएका छन्।  आइतबार प्रतिनिधिसभाको तेस्रो अधिवेशनको अन्त्य गर्ने क्रममा सभामुख घिमिरेले कानुन निर्माण,जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरूभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको बताएका हुन्।

'कानुन निर्माण,जनसरोकारका मुद्दा मुखरित गर्नेलगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको महशुस गरेको छु,उनले भने,'तर, प्रर्याप्य भने हुन सकेन । राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास लिएको छु ।'

उनले संसद जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख स्थान भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश व्यक्त हुनु स्वभाविक भएको बताए। सभामुख घिमिरेले संसदमा अभिव्यक्त जनप्रतिनिधिहरूका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्‍याउने उनको भनाइ छ।

संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्‍याउन सके यसले संसदको गरिमा बढाउनुको साथै समयको उचित सदुपयोग हुने बताए। संसद जति क्रियाशील र प्रबुद्ध भयो त्यसले त्यति नै विधि निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्ने उनको भनाइ  छ।

प्रतिनिधि सभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई आज २०८१ साल वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु रहेको उनले बताए । जसमध्ये २३ दिनहरुमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारबाहीमा व्यतितभएको थियो।

हेर्नुहोस् के के भए काम ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.