ऐन संशोधन गरी सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउँछौं : गृहमन्त्री

ऐन संशोधन गरी सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउँछौं : गृहमन्त्री
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको ट्राफिक सचेतना विशेष अभियान शुभारम्भ गर्दै लामिछानेले आवश्यक संशोधन गर्नुपर्ने नीति,नियम र ऐन संशोधन गर्दै सार्वजनिक यातायातलाई थप भरपर्दो र दुर्घटनारहित बनाउन विशेष अपरेशन सञ्चालन गर्ने घोषणा गरेका हुन्।

उनले केही परिवर्तनको थालनी भइसकेको भन्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए। विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गर्दै लामिछानेले सडक सुरक्षा सुधारका लागि आफू पूर्ण प्रतिबद्ध रहेको बताए।

उनले नेताको हात समातेका आधारमा नभई भ्रष्टाचार,चोर समातेका आधारमा वृत्ति विकास हुने र सोहि अनुसार कामको मूल्याङ्कन हुने स्पष्ट पारे।

कार्यक्रममा  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उपत्यकाको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात व्यवस्थापनमा विशेष ध्यान दिएर काम थालेको बताए । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना विशेष अभियान सुरु गरेको हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.