मिडियाकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को युथ पिस एम्बेसडर अवार्ड

मिडियाकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को युथ पिस एम्बेसडर अवार्ड
सुन्नुहोस्

अमेरिका : मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।  अमेरिकाको लसएन्जल्समा आयोजित १८ ओैं युथ पिस एम्बेसडर ट्रेनिङ वर्कसपको समारोहमा बस्नेतलाई गैरनाफामुखी संस्थाको रूपमा काम गर्दै आएका युथ युनेस्को क्लब अमेरिका,अमेरिकी युनिभर्सिटी अफ सोभर्न नेसन्सलगायत संस्थाले  युथ पिस एम्बेसडर अवार्ड प्रदान गरेका हुन्।

'बस्नेतले मिडियामा रही  युवा र शान्तिका लागि निभाएको भूमिकाको उच्च मूल्यांकन गर्दै अन्तराष्ट्रियस्तरमा यो अवार्ड दिएका हौं,'अमेरिकी यूनिभर्सिटी सोभर नेशन युएसएका प्रेसिडेन्ट डा. ड्यालरले भने,'आगामी दिनमा उनले अझै युवा र शान्तिका लागि योगदान गर्ने हामीले विश्वास लिएका छौं।'

सन् २०११ बाट विभिन्न क्षेत्रमा रही युवा र शान्तिका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई हरेक वर्ष यो अवार्ड दिँदै आएको छ । हालसम्म ६५ देशका व्यक्तिहरूले यो उपाधि पाइसकेका छन् ।' यो अवार्डसँगै अब उहाँले अन्तराष्ट्रिय फोरमहरू पाउनुहुनेछ,' युथ युनेस्को क्लब युएसएका प्रेसिडेन्ट रिमेश खनालले भने।'

मिडियामा युवा र शान्ति विधाबाट उनलाई छनोट गरिएको हो। बस्नेत अहिले कान्तिपुर मिडियामा आवद्ध छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.