१९ अंकले घटेर  बन्द भयो सेयर बजार

१९ अंकले घटेर  बन्द भयो सेयर बजार
सुन्नुहोस्

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा झरेको हो।

सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले घटेर ३५०.४७ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि ओरालो लागेको छ। यसदिन ३१५ स्क्रिप्सको ५३ लाख ४४ हजार ६१३ कित्ता सेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन अर्थात् मंगलबार २ अर्ब १० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।

साताको पहिलो कारोबार दिन आइतबार ३ अर्ब ६ करोडको सेयर कारोबार हुँदा सोमबार  २ अर्ब ७९ करोड मूल्य बराबरको कारोबार भएको थियो। दोहोरो अंकले ओरालो लागेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कालिञ्चोक हाइड्रोपावरको सेयर सर्वाधिक ७.९४ प्रतिशतले बढ्दा पोखरा फाइनान्सको ६.२१,एनआईसी एसिया ग्रोथ फन्ड-२ को ५.७१,मध्य भोटेकोशी जलविद्युतको ५.७० र पिपुल्स पावरको ५.५९ प्रतिशतले बढ्यो।

यसदिन रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले घट्यो। १८ करोड बढि मूल्य बराबरको सेयर कारोबार गरी गोर्खाज फाइनान्स शीर्षस्थानमा रह्यो।

सबै समूहको उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका २७ स्क्रिप्सको मूल्य बढ्दा २११ वटाको मूल्य घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.