इकोनोमिक गेम चेन्जर : सुनकोशी–मरिण डाईभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ वैशाख २६ गते

इकोनोमिक गेम चेन्जर : सुनकोशी–मरिण डाईभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ वैशाख २६ गते
सुन्नुहोस्

सिन्धुली : हिमाल–पहाड र तराईलाई समृद्धिका रुपमा जोड्ने बहुप्रतिष्ठित राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी–मरिन डाइभर्सनको सुरुङ मार्गको ‘ब्रेक थ्रु’ हुन अव २ सय ६ मिटरमात्र बाँकी रहेको छ। कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण थालिएको कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये बिहीबारसम्म १२ दशमलव ९ सय ९३ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ।

सुरुङ निर्माणमा भौगोलिक जटिलता उत्पन्न नभए आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी समेत गरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले बताए। बरालका अनुसार आगामी २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा विशेष समारोहका बीच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो। 

‘सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। आजको मितिसम्म सुरुङ खन्न अब २ सय ६ मिटर मात्र बाँकी छ। यो ९८ प्रतिशत प्रगति हो। बाँकी खन्न कुनै भौगोलिक जटिलता नआए सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती र मधेश प्रदेशका विशिष्ट व्यक्तित्वहरूको समेतको उपस्थितिमा विशेष समारोहका बीच सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो,’ बरालले भने।

अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरि निर्माण गरिएको सुरुङको लक्ष्यभन्दा तीन महिना अगावै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको हो। चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले २०७७ चैत मा कुल १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ मार्ग निर्माणको ठेक्का सम्झौता गरेको थियो।

उक्त सुरुङमार्ग २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको थियो। करिब २२ महिनामा निर्माण सक्ने लक्ष्य राखिएकोमा तीन महिना अघि अर्थात १९ महिनामै ‘ब्रेक थ्रु’ हुन लागेको हो। यस अघि टिबिएम माथि पहिरो खस्दा विभिन्न पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अबरुद्ध समेत भएको थियो।

राष्ट्रिय बहुउद्देस्यीय सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट तराई–मधेशमा एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। सरकारले यस आयोजनालाई इकोनोमिक गेम चेन्जरका रुपमा लिएको छ। 

सुनकोशी गाउँपालिका ७ स्थित कानढुंग्रीबाट सिन्धुली र रामेछापको सीमा हुँदै बग्ने सुनकोशी नदीमा ३० मिटर उचाइ र १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका-२ कुसुमटारमा झारिनेछ। ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गरिनुका साथै  तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने छ।  

आयोजनाको सुरुङ निर्माणमा अपेक्षित भन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार हुन नसकेको बरालको भनाइ छ। आयोजना अन्तर्गत सुरुङ निर्माणको ९८ प्रतिशत काम सकिएको छ। नदी नियन्त्रण लगायतका अन्य काम ८५ प्रतिशत सकिएको छ भने बाँध निर्माणको फाउन्डेशनको काम हालसम्म ८ प्रतिशत मात्र भएको छ। 

जलविद्युत्को हेडवक्र्स, पावरहाउस, हाइड्रो मेकानिकल लगायतका संरचना निर्माणका लागि १२ अर्ब रुपैयाँमा रमन–पटेल कन्स्ट्रक्सनले जोइन्ट भेन्चर (जेभी)मा ठेक्का सम्झौता गरेका छन्।  गत आर्थिक वर्षमै ठेक्का सम्झौता गरि का अघि बढाइएको भएपनि हालसम्म ८ प्रतिशत  मात्र प्रगति देखिएको बरालको भनाइ छ। 

आगामी असोज २०८४ भित्र परियोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाको २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कमलामाई नगरपालिका-२ कुशुमटारमा भव्य समारोहका बीच शिलान्यास गरेका थिए। सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.