नेपालको तेस्रो विकेट पतन, कप्तान रोहित पौडेल पाँच रन बनाएर आउट

नेपालको तेस्रो विकेट पतन, कप्तान रोहित पौडेल पाँच रन बनाएर आउट

काठमाडौं : कप्तान रोहित पौडेल आउट भएका छन्। पौडेलसहित नेपालले तीनवटा विकेट गुमाइसकेको छ। एसीसी प्रिमियर कपअन्तरगत फाइनल प्रवेशका लागि युएईविरुद्ध जारी खेलमा अली नारिसरले उनलाई आउट गराएका हुन्। पौडेल १८ बलमा ५ रन बनाएर पेभेलियन फर्किए।

यसअघि ८ रन जोडेर आसिफ शेख र पहिलो बलमै कुशल भुर्तेल आउट भएका थिए। ओमानको अल अमेरत क्रिकेट मैदानमा युएईका कम्तान मोहम्मद वासिमले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्।

समाचार तयार पार्दासम्म नेपालले  ८ दशमलव ४ ओभरमा ४८ रन मात्र बनाएको छ।

नेपाल 'ए'को समूहको विजेता र युएई समूह 'ए' को उपविजेता हुन्। नेपाल समूह 'ए'बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहेर समूह विजेता बन्दा युएई ४ खेलमा   तीन जित र एक हारसँगै उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।
 
यसअघिको संस्करणमा नेपालले युएईलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो भने एसिया कपसमेत खेलेको थियो। टी-२० विश्वकप छनोटमा पनि नेपालले युएईलाई पराजित गरेको थियो। नेपाल र युएई मुख्य प्रतिद्वन्द्वी रहँदै आएका छन्। 

नेपालको टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

यूएईको टोली : हम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, र विष्णु सुकुमारान ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.