प्रतिपक्षी दल उपस्थित नभएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिपक्षी दल उपस्थित नभएपछि गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।

शुक्रबार अपरान्ह बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नभएपछि गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले बैठकमा सहभागी हुन पटक-पटक आग्रह गरे। 

सभामुखको बायाँतर्फ रहेको प्रतिपक्षी बेन्चमा सांसदहरूको आसन खाली देखिएको भन्दै उनले प्रतिपक्षी सदस्यहरूलाई हलमा प्रवेश गरी आफ्नो स्थानमा आसन गर्न आग्रह गरेका थिए। त्यसपछि पनि प्रतिपक्षी सांसदहरू नआएपछि सभामुख धितालले प्रतिपक्षी सांसदको उपस्थिति नदेखिएको भन्दै कार्यसूचीमा रहेका बुँदाहरू हटाएर बैठक अर्को सूचना नभएसम्म लागि स्थगीत गरे।

खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताका सम्बन्धमा यसअघि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो। 

अदालतको फैसला नआउदै मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश प्रमुखले प्रदेशसभा बैठक आह्वान गरिएको भन्दै कांग्रेसले सभामुखलाई ध्यानाकर्षणपत्र समेत बुझाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.