बूढी गण्डकीमा तीनघण्टादेखि बाढी, पर्यटक सामागाउँमै

बूढी गण्डकीमा तीनघण्टादेखि बाढी, पर्यटक सामागाउँमै

गोरखा: वीरेन्द्रतालमा हिउँपहिरो खसेको कारण बूढीगण्डकीमा तीनघण्टादेखि बाढी चलिरहेको छ । बिहान पौने नौ बजेदेखि १२ बजेसम्म निरन्तर बाढी चलिरहेको स्थानीयबासीले जानकारी दिए। 

'बूढीगण्डकी असार, साउनमा जत्तिकै बढिरहेको छ', चुमनुब्री ४ का कान्छा गुरुङले भने, 'तीनघण्टा भयो, उत्तिकै छ ।' नराम्रो असर भने नगरेको उनले बताए । 

चुमनुब्री १ सामागाउँस्थित वीरेन्द्रतालमा आइतबार बिहान पौने नौ बजे हिउँपहिरो गएको हो । 

वीरेन्द्रतालको ओभरफ्लोको पानीले सामागाउँबाट साम्दो जाने बाटोको काठेपुल बगाएको छ । पुल बगाउँदा साम्दो हुँदै लार्केपास गर्न जाने विदेशी पर्यटक सामागाउँमै 'होल्ड' भएका प्रहरीले जनाएको छ । पानीको बहाव कम भएपछि वैकल्पिक पुल राखेर पर्यटकलाई पास गरिने बताइएको छ । बर्सेनी सो काठेपुल बगाउँदा स्थानीयबासी र पर्यटकले हैरानी खेपिरहनु परेको छ । उपयुक्त ठाउँमा पक्कीपुल (झोलुंगेपुल) बनाउन जरुरी रहेको वडाअध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.