विकल पौडेलविरुद्ध अख्तियारले हाल्यो अर्को मुद्दा, अमेरिकाको पीआर समेत लुकाए

विकल पौडेलविरुद्ध अख्तियारले हाल्यो अर्को मुद्दा, अमेरिकाको पीआर समेत लुकाए

काठमाडौं : सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा रहँदा ओहोदा ढाँटेर अमेरिकाको पीआर लिएको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले कार्यकारी निर्देशक पदमा वहाल रहँदाको अवस्थामा अमेरिकाको पीआर लिएको र पदावधि थप गर्दा समेत विवरण लुकाइ झुट्टा विवरण पेश गरी राष्ट्र सेवकको हैसियतमा लाभ र सुविधा लिएको पुष्टि हुन भएपछि आज मुद्दा दायर  गरेको जानकारी  दिए।

पौडेलले नेपालको संविधानको धारा २९१ को व्यवस्था विपरित विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको र स्वयं घोषणा गरी विवरण पेश नगरी झुक्याइ सरकारी/सार्वजनिक पदमा वहाल रहेको पदावधि थप गर्दा अयोग्य व्यक्तिलाई सिफारिस गरेको अख्तियारको ठहर छ। 

' राष्ट्रसेवकको हैसियतले वहाल रहेको अवस्थामा संयुक्त राज्य अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएर पनि उक्त विवरण लुकाईरछिपाई मिति २०७९।०२।१३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुट्टा विवरण दिई राष्ट्रसेवक पदमा वहाल रही राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकोबाट निज प्रतिवादी विकल पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरजन्य कार्य भएको हुँदा निज विकल पौडेललाई सोही ऐनको दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवानाको सजाय हुन र निज सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त भएको पदाधिकारी रहेकोले भ्रष्टाचार निवारण ऐन,२०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसुर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गत माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज विकल पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरी मुद्दा दायर गरेको छ,' आरोप पत्रमा उल्लेख छ।

उनीविरुद्ध यसअघि सुरक्षण मुद्रणमा अनियमितता गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दा विशेषमा विचाराधिन अवस्थामा छ। सेक्युरिटी प्रेसका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।

गैरकानुनी सम्पत्ती आर्जन गरेको आरोपमा पक्राउ परेका उनीमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.