नेपालीको शव फिर्ता ल्याउने र क्षतिपूर्ति दिने विषयमा रुस सहमत : परराष्ट्रमन्त्री श्रेष्ठ

नेपालीको शव फिर्ता ल्याउने र क्षतिपूर्ति दिने विषयमा रुस सहमत : परराष्ट्रमन्त्री श्रेष्ठ
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको संख्या अझै यकिन हुन नसकेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा श्रेष्ठले रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीको संख्या रुस सरकारसँग माग गरिएको बताए। 

रुसमा मृत्यु भएका नेपालीहरूको शव नेपाली पठाउने र क्षतिपूर्तिसमेत माग गरेको भन्दै उनले क्षतिपूर्तिको विषयमा रुस सरकारले सहमत जनाएको बताए। श्रेष्ठले इजरायल-हमास युद्धमा हमासको कब्जामा रहेका भनिएका विपिन जोशी औपचारिक र आधिकारिक अवस्थामा बारेमा जानकारी पाउन नसकिएको जानकारी दिए। उनले आर्थिक कूटनीतिलाई मात्रै केन्द्रित गर्नेगरी छुट्टै महाशाख बनाउने तयारी गरेको भन्दै यसबाट विकास र समृद्धिको कार्यभार पूरा गर्न सहज हुने बताए। 

परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट गरेको जिकिर गरे। अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनको भनाइ छ। बैठकमा समिति सदस्यहरूले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीहरूको अवस्था सार्वजनिक गर्नुपर्नेलगायतका धारणा राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.