वीरेन्द्र तालबाट पानीको बहाब घट्यो, अवस्था सामान्य बन्दै

वीरेन्द्र तालबाट पानीको बहाब घट्यो, अवस्था सामान्य बन्दै
सुन्नुहोस्

गोरखा : हिउँपहिरो खसेर पानीको बहाब ह्वात्तै बढेको वीरेन्द्र तालबाट अहिले पानीको बहाब घट्न थालेको छ। बिहान पौने ९ बजेबाट बढेको बूढीगण्डकी दिउसो साँढे एक बजेतिरबाट सामान्य अवस्थातर्फ फर्किएको प्रहरीले जनाएको छ।

‘माथिबाट खसेको हिउँपहिरो पग्लिएपछि अहिले अवस्था सामान्यजस्तै भएको छ’, डीएसपी रमेशकुमार श्रेष्ठले भने, ‘बाढी हटेपछि पर्यटक आवत पनि खुलेको छ। सामागाउँबाट साम्दो जाने बाटोको काठेपुल बगाए पनि वैकल्पिक बाटोबाट पर्यटक साम्दोतिर आवतजावत भएको छ।’ अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तालबाट गहिरो खोलेर पानी गएकाले तालमा पानी कम हुनसक्ने अनुमान गरिएको छ। गहिरिएर पानी जानसक्ने हुँदा तालको संरक्षणको खाँचो देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.