महाधिवेशन प्रतिनिधि परिषद् बैठकबाट प्रस्ताव पारित

एमालेले हीरक महोत्सवमा पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्ने

एमालेले हीरक महोत्सवमा पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गर्ने

काठमाडौं : नेकपा एमालेले ‘राष्ट्रिय गौरव पदक’बाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ । आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति एवम् पूर्वपार्टी उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने प्रस्ताव राखेका हुन्। 

राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतिपूर्ण अवस्थामा भण्डारीले महत्वपूर्ण ढंगले भुमिका खेलेको र अडान लिएकाले उनलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव गरेको पोखरेलले जानकारी दिए। 

‘हामीहरुले महत्वपूर्ण ढंगले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पुर्‍याउनुभएका राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिनुभएका त्यस्ता व्यक्तिहरुलाई सम्मान गर्नेहाम्रो घोषित योजना थियो । त्यही योजनाको आधारमा हामीहरुले यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट पार्टीका पूर्वउपाध्यक्ष र दुई दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति,राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतिपूर्ण अवस्थामा उहाँले महत्वपूर्ण ढंगले भुमिका खेल्नुभएको,अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले राष्ट्रिय गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट हामीहरु अगाडि बढाउँ, यहाँहरु समक्ष म यो प्रस्ताव राख्न चाहन्छु’ बैठकको अध्यक्षता गरेका पोखरेलले भने।

उनले हिरक जयन्ती महोत्सवमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको प्रस्तावको रुपमा अघि बढाउने जानकारी दिए। उनले भने,‘हामीहरु पार्टीको तर्फबाट भोली हिरक जयन्ती महोत्सवमा सम्मान गरिने महत्वपूर्ण व्यक्तिको रुपमा आदरणीय पूर्वराष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीज्युलाई प्रस्ताव गर्नेछौं। हामी यो राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको प्रस्तावको रुपमा हामी अघि बढाउँछौँ, निर्णयको रुपमा अगाडि बढाउँछौँ।’

बुधबार हुने ७५ औँ पार्टी स्थापना वर्षतथा हीरक महोत्सवको समारोहमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेतालाई अतिथि बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.