रास्वपा अछामको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा रावल पुनः निर्वाचित
अछाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामको प्रथम जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। अधिवेशनले ओमप्रकाश रावलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको सभापतिमा ओमप्रकाश रावल पुनः निर्वाचित भएका छन्। त्यस्तै, समितिको उपसभापतिमा टंकबहादुर धामी, सचिवमा बमबहादुर रावल र सहसचिवमा लक्ष्मण कुँवर चयन भएका छन्।
त्यस्तै अधिवेशनले जिल्ला कार्यसमिति सदस्यहरूमा प्रेमबहादुर बयक, इन्द्रसिंह विक, एलिना शाह, कमला शाही र ज्ञानकुमारी कुँवरलाई चयन गरेको छ ।
यसैगरी, रास्वपा अछामको निर्वाचन क्षेत्रगत नेतृत्व पनि चयन गरिएको छ। जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा भरत बटाला र निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जीवन तिमिल्सैना चुनिएका छन्।
प्रतिक्रिया दिनुहोस !