१४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक

एमाले आफैं राष्ट्रिय शक्ति हो, निर्णायक शक्ति बनाउन योजनाबद्ध तरिकाले लागौं : पोखरेल

१४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक

काठमाडौ : नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सकिएको छ। आइतबार समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले १४ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेपछि बैठकहलबाट अनुमोदन भएको हो।

बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। बैठकले फागुन २१ गते बनेको पाँच दलबीच भएको नयाँ सत्ता सहकार्यको स्वागत गर्दै सरकार सफल बनाउने घोषणा गरेको छ। 

पाँच दलले जारी गरेको गरेको साझा संकल्प तथा कार्यक्रमले मुख्य समस्या सम्बोधन गर्न र मुलुकलाई अघि बढाउन तालिकाबद्ध र प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले आग्रह गरेको उपमहासचिव रिमालले जानकारी दिए। बैठकले दलहरुबीचको नयाँ समिकरणलाई कमजोर बनाउने कुनै काम नगर्न र मुलुकलाई थप अस्थीर र अन्यौल तर्फ ढकेल्ने काम प्रति सजक रहन तथा राष्ट्रियता लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पर्ने काम हुन नदिन आह्वान गरेको उनले बताए ।

आर्थिक मन्दी, भ्रष्टाचार, राज्य सञ्चालनमा देखिएको बेथितिका कारण समाजमा देखिएको नैराश्यतालाई चिर्न सरकारलाई आह्वान गरेको उनको भनाई छ। बैठकले भ्रष्टाचारबिरुद्ध सम्झौताहिन ढंगले प्रस्तुत हुन, यसका बिरुद्ध जेहाद छेड्न र कानूनका नजरमा सवै बराबर छ भन्ने कुरा व्यवहारबाट देखाउन सरकारसंग माग गरिएको उपमहासचिव रिमालले बताए।

 बैठकले सहकारीहरुमा देखिएका समस्या र बेथिति अन्त्यका लागि निष्पक्ष छानविन गरि दोषीलाई कानुनी कठघरामा ल्याइ बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरकारसँग माग गरेको रिमालले जानकारी दिए। उनले बैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेको उम्मेदवारलाई जिताउन समेत आह्वान गरे।

शनिबार पहिलो दिन बैठकको अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आयोगको तर्फबाट आ-आफ्ना प्रतिवेदन पेस गरेका थिए। ६ वटै प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर सुझावहरूसहित पारित भएको हो।  

एमाले आफैं राष्ट्रिय शक्ति हो, निर्णायक शक्ति बनाउन योजनाबद्ध तरिकाले लागौं : पोखरेल

अध्यक्ष केपी शर्मा ओली बिरामी भएपछि आइतबारको परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेका थिए। पोखरेलले दसौँ महाधिवेशन यता पार्टीले गरेका काम कारबाही र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे वस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको दाबी गरे।  

उनले भने,‘परिषद् बैठकले गरेका निर्णयहरू पार्टीका लागि मार्गदर्शक बन्न सक्ने भन्दै यो बीचमा एमालेले थालनी गरेका कामहरूलाई एमालेले गर्नसक्ला भनेर प्रश्न गरेपनि थालेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको छ।’

उनले एमाले आफैं राष्ट्रिय शक्ति भएकाले निर्णायक शक्ति बनाउन योजनाबद्ध तरिका अगाडि बढ्न आग्रह गरे। उनले एमाले कमजोर हुँदा मुलुक कमजोर हुने जिकिर गरे। जनतामा लोकप्रिय रहेका व्यक्तिलाई एमालेको नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.