सत्ता सहकार्यलाई कमजोर नपार्न एमालेको आग्रह

सत्ता सहकार्यलाई कमजोर नपार्न एमालेको आग्रह
सुन्नुहोस्

काठमाडौं : एमालेले सत्ता सहकार्यलाई कमजोर पार्ने कुनै पनि काम नगर्न तथा मुलुकलाई अस्थिरता र अन्योलतातर्फ धकेल्ने प्रयास नगर्न चेतावनी दिएको छ। दुई दिनसम्म  ललितपुरको सन्राइज हलमा सञ्चालन भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले  १५ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मुलुकलाई थप अस्थिरता र अन्योलतातर्फ धकेल्ने कामप्रति सजग रहन आह्वान गरेको छ। उसले  राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरूलाई आह्वान  गरेको छ।

एमालेले आफ्नो पार्टीसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)का बीचमा नयाँ सत्ता समीकरण निर्माण गर्ने समझदारी गर्दै नयाँ सत्ता सहकार्य आरम्भ भएकोमा सन्तोष व्यक्त गर्दै त्यस सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। पाँच दलले जारी गरेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजको मुख्य समस्याहरूलाई समाधान गर्नेगरी तालिकाबद्ध रूपमा काम गर्न सरकारलाई पनि सुझाव दिएको छ। 

विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प पनि एमालेले गरेको छ। अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने अध्यक्ष केपी शर्मा ओलीलगायत १०औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई बैठकले विशेष धन्यवादज्ञापन गरेको छ।

यो १५ बुँदे प्रस्ताव उपमहासचिव विष्णु रिमालले बैठकमा प्रस्तुत गरेका थिए। यो प्रस्तावमा भनिएको छ, ‘यो बैठक विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारको बाढीलाई चिर्दै हाम्रो पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीको रूपमा स्थापित हुन सकेको निष्कर्षका साथ पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने संकल्प गर्दछ। अत्यन्त असहज र प्रतिकूल अवस्थामा पार्टीलाई यस बिन्दुसम्म ल्याई पु¥याउन कुशलतापूर्वक अगुवाइ गर्ने कमरेड अध्यक्ष केपी शर्मा ओलीलगायत १०औं महाधिवेशनबाट निर्वाचित सिंगो नेतृत्व पंक्तिलाई यो बैठक विशेष धन्यवाद ज्ञापन गर्दछ। आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा सबै कमरेडहरूलाई हार्दिक आह्वान गर्दछ।’

बैठकले आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रूपमा अझ एकताबद्ध र सृदृढ बनाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ। प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनमाथि ६ वटा समूहगत छलफल छलफल गरिएको थियो । प्रतिवेदनहरूमा २४ सय प्रतिनिधिका बीच समूहगत छलफल गरिएको थियो।

ललितपुरको गोदावारीस्थित सन्राइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि आइतबार छलफल गरिएको थियो। 

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदन पेस गरेका थिए। दुई दिनसम्म चलेको परिषद बैठक सकिएको छ।

पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान

एमालेले पार्टीको हीरक जयन्ती महोत्सवमा गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ। वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका र राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार हीरक जयन्तीमा पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान लागेको बताए।

‘पार्टीका पूर्वउपाध्यक्ष र दुई—दुई पटक गणतन्त्र नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यक्ति, राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा उहाँले महŒवपूर्ण ढंगले भूमिका खेल्नुभएको, अडान लिनुभएको र हामी सबैको एउटा गौरवको विषय बन्नुभएको, आदरणीय विद्यादेवी भण्डारीलाई हामीले गणतन्त्र गौरव पदकले सम्मान गर्ने प्रस्ताव यो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकबाट अघि बढाऊँ’, पोखरेलले बैठकमा प्रस्ताव प्रस्तुत गर्दै भनेका थिए।

एमालेले सोमबार पार्टी स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछ। यो हीरक महोत्सवमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.