एसएसबीको अवरोधले बनेन सीमाको पुल

एसएसबीको अवरोधले बनेन सीमाको पुल
सुन्नुहोस्

जनकपुरधाम : वर्षायाम नजिकिँदै जाँदा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको जमुनी नदीमा रहेको थलीघाट पुल वरपरका बासिन्दा आत्तिन थालेका छन्। वर्षा सुरु हुनेबित्तिकै नदीमा पानीको स्तर बढ्ने र तत्कालका लागि बनाइएको अस्थायी बाटो अवरुद्ध भएर आवतजावत नै प्रभावित हुने चिन्ताले सीमा क्षेत्रका सर्वसाधारण आत्तिन थालेका हुन्।

भारतीय बजारनजिकै भएको हुनाले केही गाह्रोसाह्रो पर्दा नदी पार गरेर स्थानीय आवतजावत गर्ने गरेका छन् तर, नदीमा निर्माणाधीन पुल वर्षौंदेखि अलपत्र परेको हुँदा प्रत्येक वर्ष वर्षायाममा आवतजावत नै रोकिने समस्या सर्वसाधारणले भोग्दै आएका छन्।  

नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सेतुको रूपमा रहेको मिथिला मध्यमा परिक्रमा मार्गमा पर्ने धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकाको जमुनी नदीमा रहेका थलीघाट पुलको निर्माणका लागि नेपाल सरकारको ४ करोड ७२ लाख रुपैयाँको लागतमा काम सुरु गरिएको थियो। भौतिक प्रगति ६५ प्रतिशत भइसकेपछि भारतीय सीमा सुरक्षाबलले आफूहरूको भूमिमा परेको भन्दै कामै गर्न नदिएपछि झन्डै सात वर्षदेखि पुल निर्माण अलपत्र अवस्थामा छ।

नेपाल–भारत सीमा भएर बग्ने धनुषाका नदीमा ४९ करोड २३ लाखभन्दा बढीको लगानीमा नेपाल सरकारले चार वटा पुल निर्माणको काम वर्षाैंअघि थाले पनि अहिलेसम्म पूरा हुन सकेको छैन। भारतीय सीमा सुरक्षाबलको अवरोध नै पुल नबन्नुको मुख्य कारण हो। निर्माणकार्य सुचारु गराउन ठोस कूटनीतिक पहल हुन नसकेका कारण दुवै देशका नागरिक पीडित छन्।  

जनकपुरधामदेखि १२ किलोमिटर दक्षिणमा रहेको नेपाल र भारतको सीमा भएर बग्ने जमुनी नदीमा पुल निर्माणको कार्य वर्षौंदेखि अलपत्र छ। भौतिक पूर्वाधार मन्त्रालयको २३ करोड ९१ लाख रुपैयाँको लागतमा थालिएको यस पुलको निर्माणको काम झन्डै तीन वर्षदेखि बन्द छ। 

९ करोड ४६ लाख रुपैयाँ  भुक्तानी पाइसकेको रमण र कमल निर्माण कम्पनीले जुमुनी नदीकै अक्रहर घाटमा ४ वर्षअघि थालेको अर्काे पुल निर्माणको काममा पनि भारतीय सीमा सुरक्षाबलको अवरोध अहिले पनि कायमै छ। झन्डै ९ करोड ६० लाखमध्ये ६ करोड ४३ लाख भुक्तानी भइसके पनि पुल निर्माण हुन नसक्नुको पछाडिको कारण सीमा विवाद र निर्माण कम्पनीको ढिलासुस्ती नै हो।

पटक–पटक मधेस प्रदेशबाटै प्रतिनिधित्व गर्नेहरूले संघीय संसद्मा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरे पनि निर्माणाधीन पुलहरूको निर्माण सम्पन्न गराउन खासै पहल गर्न सकेका छैनन्। ‘यस विषयमा संघीय सरकारका भौतिक पूर्वाधार मन्त्रीसँग समन्वय गरेर चाँडै नै पुल निर्माण सम्पन्न गराउने प्रयास गर्नेछौं,’ मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले भने, ‘यति धेरै लगानी लागिसकेको छ। समय पनि निकै लामो बितिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.