रौतहटमा सवारी दुर्घटना : नौ महिनामा ४१ जनाले गुमाए ज्यान
रौतहट : रौतहटमा ९ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४१ जनाले ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न स्थानमा ४ सय ९६ वटा सवारी दुर्घटनामा महिला,पुरुष,बालबालिका गरी ४१ जनाको मृत्यु भएको हो ।
ती दुर्घटनामा ७ सय ८५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुशील आचार्यले जानकारी दिए। अघिल्लो आर्थिक वर्षमा रौतहटमा ६ सय ४५ सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको थियो ।
गत साउनदेखि वैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९ सय ९१ सवारी साधनलाई कारबाही गर्दा १ करोड ५६ लाख ६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिए ।