अवहेलना मुद्दामा 'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने सर्वोच्चको आदेश

अवहेलना मुद्दामा 'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश दिएको छ। स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर समाचार प्रकाशन/प्रसारण गरेको भन्दै न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश दिएको हो।

स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर समाचार प्रकाशन/प्रसारण गरेको भन्दै त्यसविरुद्ध सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलविरुद्ध प्रतिवेदन निवेदनमार्फत अवहेलना मुद्दा दर्ता गरेको थियो। मुद्दामा हदैसम्मको सजायको माग गरिएको छ।

जानाजान झुटा समाचार उत्पादन तथा प्रसारण गर्नेहरूविरुद्ध अदालतको अवहेलनामा हदैसम्मको कारबाही गर्न र अन्य फौजदारी कसुरमा समेत अनुसन्धान गराउन आदेश जारी हुनुपर्ने माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.