डेडिकेटेड तथा ट्रंकलाइन विवाद जाँचबुझका लागि गठित आयोगले प्रतिवेदन बुझायो
काठमाडौं : डेडिकेटेड तथा ट्रंकलाइन विवाद जाँचबुझका लागि गठित ‘विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८०’ ले आफ्नो प्रतिवेदन पेस गरेको छ। आयोगले आइतबार ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतसमक्ष आफ्नो प्रतिवेदन बुझाएको हो।
डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत महसुलको विवाद समाधान गर्न सरकारले गत पुस २४ गते गिरिसचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो।