‘न्युट्रास्युटिकल्स’ का नाममा ठग्ने प्रपञ्च

‘न्युट्रास्युटिकल्स’ का नाममा ठग्ने प्रपञ्च
सुन्नुहोस्

‘न्युट्रास्युटिकल्स’ का नाममा ट्याब्लेट, क्याप्स्युल, तथा झोल बनावटमा औषधिपूरक वस्तुहरू बिक्रीवितरण हुने गरेको पाइन्छ।यस्ता कतिपय उत्पादनहरूको उत्पादन, बिक्री वितरण, सञ्चय र प्रयोग गर्न नेपाल सरकारले बन्देज लगाएको छ।तर, निरीक्षणको क्रममा अझैं पनि यस्ता उत्पादनहरू आयात गरी बिक्रीवितरण, सञ्चय र प्रयोग भइरहेको पाइएको छ ।

फर्मास्युटिकल वनावटमा तयार पारी चिकित्सकीय सिफारिसमा सेवन गरिने यस प्रकारका उत्पादनलाई कतिपयले व्यावसायिक आग्रहमा खाद्यपूरक (न्युट्रास्यूटिकल्स) वस्तु भनी भ्रम छरिरहेको देखिन्छ।औषधीय बनावटमा तयार पारी चिकित्सकीय सिफारिसमा औषधि पसलमा व्यवसायीले वितरण गर्ने उत्पादन खाद्य हुन सक्दैनन्।यस्ता औषधिपूरक न्युट्रास्युटिकल्स औषधिहरूको बिक्रीवितरण गर्नु उपभोक्ताको हितमा छैन।

त्यसैले यस्ता उत्पादनहरू निरीक्षणको क्रममा बिक्रीवितरण गरिएको पाइएमा कानुनअनुसार जफत गर्ने र औषधि ऐन २०३५ बमोजिम कारबाही गरिँदै आइएको छ।हालै प्रमाणीकरण भएको खाद्य ऐनमा ‘न्युट्रास्युटिकल्स’ शब्दको परिभाषा छैन। साथै बिभिन्न भिटामिन, लवण, आन्टिअक्सिडेन्ट धटक मिसाइ अत्यधिक उच्च मूल्य तय गरी उपभोक्तालाई ठग्ने सम्मको प्रपञ्च भएको र अनुचित प्रबद्र्धनका उपाय अपनाइ दुरुपयोग भएको आम गुनासो छ।औषधिपूरक वस्तुको अनुचित आयात, बिक्रीवितरण र प्रयोगबारेमा औषधि व्यवस्था विभागले संवेदनशील भएर काम कारबाही चलाइरहेको छ।यसमा  आमउपभोक्ता सबैको साथ रहेको छ।सार्वजनिक खपत र स्वार्थकेन्द्रित नबनौं।

(ढकाल, औषधि व्यवस्था  विभागका महानिर्देशक हुन् )


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.