निर्माणाधीन ४ स्वास्थ्यचौकी भवन अलपत्र, निर्माण व्यवसायी सम्पर्कमा आएनन्

स्वास्थ्य सेवा प्रवाहमा समस्या

निर्माणाधीन ४ स्वास्थ्यचौकी भवन अलपत्र, निर्माण व्यवसायी सम्पर्कमा आएनन्
सुन्नुहोस्

रसुवा : रसुवामा ३ वर्षदेखि निर्माणाधीन चारवटा स्वास्थ्यचौकी भवन निर्माण कम्पनीले अलपत्र छाडेका छन्। निर्धारित समयमा भवन निर्माण नहुँदा सेवाग्राही समस्यामा परेका छन्। कालिका गाउँपालिका–१ मा निर्माणधीन राम्चे स्वास्थ्यचौकी भवन समयमा निर्माण सम्पन्न नभइ अलपत्र रहेकोले नियमित स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको स्थानीयको भनाइ छ। 

चारवर्षदेखि निर्माण थालेको राम्चे स्वास्थ्यचौकी भवन प्लाष्टर, झ्याल, ढोका, रङ, शौचालय निर्माणलगायतको काम छाडेर हिंडेका निर्माण व्यवसायी फर्केनन्। भवन निर्माणको काम दुई वर्षदेखि  नगरेको स्वास्थ्य संस्थाका प्रमुख सिअहेव रामप्रसाद ढकालले बताए। भाडामा रहेको कोठाबाट सेवा प्रदान गर्न निकै असहज भएको उनको भनाइ छ। 

निर्माण कम्पनीसँग ताकेता गरेको तर काम समयमा नगरेको सघन शहरी तथा भवन कार्यालय जिल्ला आयोजना कार्यान्वयन ईकाइका प्रमुख बुद्धजित लामाले बताए। भवन निर्माणको जिम्मा पाएको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्सन प्रालिका प्रमुख ककनी गाउँपालिका निवासी दिपेश लामा सम्पर्कमा आएनन्। उनको मोबाइलमा  लामो समयदेखि सम्पर्क गर्दा उठेन। 

समयमा काम नगर्ने र अलपत्र छाड्ने कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम उक्त ठेकेदार कम्पनीसँग गरिएको भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेलगायतका प्रक्रिया अघि बढाउनुपर्ने सरोकारवालाहरुको माग छ। 

कन्ट्याक्टर कम्पनीले ढिलाइ गरेको तर एक पटक नियमानुसार म्याद थप्दा पनि काम नगरे ठेक्का तोडर कालोसूचिमा राखिने लामाले बताए। स्वास्थ्यचौकी भवन अलपत्र भएकोले बिरामीलाई उपचार सेवा दिन निकै कठिनाइ भएको राम्चे स्वास्थ्यचौकी प्रमुख ढकालले बताए। समयमा स्वास्थ्य चौकी भवन निर्माण स्वास्थ्य चौकी भवन निर्माणमा कन्ट्याटर कम्पनीले ढिलाइ गरेको विषयमा ध्यानाकर्षण गराएको कालिका गाउँपालका -१ का वडा अध्यक्ष दावा तामाङले बताए। 

त्यसैगरी उत्तरगया गाउँपालिका–३ को ठूलोगाउँ आमाछोदिङमो गाउँपालिका–१ को हाकु गोसाइकुण्ड गाउँपालिका–५ को स्याफ्रुबेशी स्वास्थ्यचौकी सोही कम्पनीले निर्माण थालेकोमा अलपत्र रहेकोले सेवा प्रवाहमा समस्या भएको हो। सम्झौता गरेर काम थाले पनि २ वर्षदेखि काम अधुरो छाडेर भागेको स्थानीय बताउँछन्। 

'हाकुमा निर्माणधीन स्वास्थ्यचौकीको १ ढलान गर्न बाँकी रहेको छ। पुरानो प्रिफ्याव भवनबाट सेवा दिन समस्या छ। स्याफ्रुबेशी स्वास्थ्यचौकी भवन निर्माण अलपत्र छाडेर कन्ट्याक्टर कम्पनी सम्पर्कमा छैनन्', गोसाइकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले भने, 'सम्झौता गरेको चारवर्ष भयो ८० प्रतिशत काम गरेको छ। भवनमा रङ, शौाचालय, विद्युत वायरिङ, मार्वल जस्ता काम बाँकी रहेको छ। जिम्मेवार निर्माण व्यवसायी ६ महिनादेखि सम्पर्कमा छैनन्, गतवर्ष २/४ दिन काम गरेको देखिन्थ्यो। कतिबेला आउने जाने थाहा नै हुँदैन।' गतवर्ष म्याद थपे पनि अझै काम सम्पन्न भएन।  

ठूलोगाउँ स्वास्थ्यचौकी भवन ०७७ सालमा बनाउन सुरु भएको र अधुरो छाडेको २ वर्ष भयो। स्वास्थ्यचौकीका सिअहेब कृष्ण भण्डारीले भने, 'पुरोन भवनबाट दैनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्न निकै कठिन भैरहेको छ।' 

आफूले प्रमुख जिल्ला अधिकारीसमक्ष समेत गुनासो गरेको कालिका गाउँपालिका–१ का वडा अध्यक्ष दावा तामाङले बताए। 'धेरै ठाउँमा ठेक्का पारेको तर सबैतिर काम अलपत्र बाँकी राखेको छन्। ठेकेदार सम्पर्कमा नआएको ७ महिना भयो', तामाङले भने। 

आम नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नका लागि भवन निर्माण अलपत्र भएपछि नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार प्रभावित भएको छ।


अलपत्र अवस्थाको राम्चे स्वास्थ्य चौकी भवन  । तस्बिर : हेमनाथ खतिवडा।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.