८१ लाख बढी मूल्यको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

८१ लाख बढी मूल्यको सामानसहितको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले बिलबिजकभन्दा बढीको सामान लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ। करिब ८१ लाख रुपैयाँ मूल्यको सामान लिएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०२८ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ हनुमान मन्दिर चोक नजिकै आइतबार राति प्रहरीले उक्त ट्रक रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा उक्त ट्रकमा बिलबिजकभन्दा बढी परिणामका हार्डवेयर तथा खुद्रा सामानहरू भेटिएपछि राजश्व छलीको आशंकामा उक्त ट्रक नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। ट्रकबाट ८१ लाख ५६ हजार ९४३ रुपैयाँ मूल्यका सामान बरामद गरिएको उनले बताए।

सामानसहित नियन्त्रणमा लिइएको उक्त ट्रक थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जानकारी थापाले दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.