आज यी स्थानमा हुरीबतास र चट्याङसहित वर्षा हुने
काठमाडौं : आज कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख गरिएको छ।
हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै विभागले देशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी इलाकामा मुख्यतया मौसम सफा रहने बताएको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र पहाडी भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा मानिसलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।