नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु
सुन्नुहोस्

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका-४ खैलार स्थित बबई नदीको नहरमा नुहाउने क्रममा डुबेका बालकको मृत्यु भएको छ। स्थानीय १३ वर्षीय अनिस थारुको डुबेर मृत्यु भएको हो। 

नुहाउन गएका ६ जनामध्ये थारु नहरको पुलबाट हाम फाल्ने क्रममा बेपत्ता भएका बालकको पुलदेखि ५० मिटर तल स्यावलिमा बेरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। 

प्रहरी टोली, स्थानीय नागरिकहरूको संयुक्त प्रयासले खोजतलासका क्रममा शव भेटिएको उनले बताए। शव पोस्टमार्टमपश्चात घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.