संसदीय छानबिन समितिको 'टीओआर' मा टुंगो लगाउन सिंहदरबारमा कार्यदल बैठक

संसदीय छानबिन समितिको 'टीओआर' मा टुंगो लगाउन सिंहदरबारमा कार्यदल बैठक
फाइल तस्बिर।

काठमाडौं : संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लगाउन गठित कार्यदलको बैठक सुरू भएको छ। बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसिरहेको छ।

प्रतिनिधिसभा बैठक बस्नुअघि 'टीओआर'मा सहमति जुटाउन बैठक बसेको हो। प्रतिनिधिसभा बैठक शुक्रबार बिहान ११ बजेका लागि डाकिएको छ। आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ।

बिहीबार बसेको कार्यदलको बैठकमा सत्ता पक्ष र प्रतिपक्षीले आ-आफ्नो अडान दोहोर्‍याएपछि बैठक निष्कर्षविहीन बनेको थियो। उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने विषयमा दलहरूबीच सहमति नहुँदा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै  आएको हो।

संसदीय छानबिन समिति गठन नहुँदासम्म संसदको कामकारवाही अघि बढ्न नदिने कांग्रेसको रणनीति छ। कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सरकारलाई दबाब दिन सदन र सडकबाट आन्दोलन गर्ने तयारीमा छ। कांग्रेसले जेठ १३ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.