बैठक आइतबारसम्मका लागि स्थगित

संसद‍्मा कांग्रेसको अवरोध, रवि लामिछानेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग यथावत्

बैठक आइतबारसम्मका लागि स्थगित

संसद‍्मा कांग्रेसको अवरोध, रवि लामिछानेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग यथावत्

काठमाडौं : सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ।

बैठक सुरू हुने वित्तिकै कांग्रेस सांसदहरू अवरोधमा उत्रिएका छन्। उनीहरूले प्रमुख प्रतिपक्षीलाई बोल्न समय मागेका थिए। सभामुख घिमिरेले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेकाले कांग्रेसका सांसदहरूलाई आ-आफ्नो स्थानमा बस्न आग्रह  गरेका छन्। उनीहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

आज आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी थियो।

उप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेको नाम किटान गर्ने विषयमा दलहरूबीच सहमति नहुँदा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै आएको छ। शुक्रबार बिहान बसेको कार्यदल बैठकले पनि निष्कर्षविहीन बनेको छ।

संसदीय छानबिन समित नबनाउँदासम्म संसदको कामकारवाही अघि बढ्न नदिने कांग्रेसको रणनीति छ। कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सरकारलाई दबाब दिन सडक आन्दोलन गर्ने तयारीमा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.