सरिबुङ पिकमा अलपत्र परेका अमेरिकन नागरिकसहित ५ गाइडको हेली उद्दार

सरिबुङ पिकमा अलपत्र परेका अमेरिकन नागरिकसहित ५ गाइडको हेली उद्दार
सुन्नुहोस्

जोमसोम : समुन्द्री सतहको ६२३५ मिटर अग्लो उचाइको सरिबुङ पिकबाट अमेरिकन नागरिकको शुक्रबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको छ। सरिबुङ हिमाल आरोहण गर्ने क्रममा प्रतिकुल मौसम र हिमपातका कारण बुधबारदेखि सरिबुङ पिकमा गन्तब्य पहिल्याउन नसकी अलपत्र परेका ६८ वर्षीय अमेरिकन नागरिक केनेथ डीन एडराडर्ससहित ५ जना नेपाली पथप्रदर्शको हेलिकोप्टरबाट उद्दार गरी काठमाडौं लगिएको हो।

सरिबुङ हिमाल आरोहरणका लागि अमेरिकन विदेशी नागरिकसहित ५ जना नेपाली पथप्रर्दशक गाइड लमजुङको बेसी सहर हुँदै मनाङको नार्चेबाट मे ४ तारिखमा मुस्ताङ प्रवेश गरेका थिए। सरिबुङ हिमाल आरोहरणका लागि जाँदै गर्दा प्रतिकुल मौसम र हिमपातका कारण अलपल परेका उनीहरु सरिबुङ पिकमै  टेन्ट टाँगेर बसेका थिए। 

अमेरिकन टोलीसँगै आरोहरणमा सम्मिलित ४ जना नेपाली पथप्रर्दशकमध्ये २ जना नेपाली पथप्रर्दशक पैदल हिंडेर मुस्ताङको लोघेकर दामोदरकुण्डमा पर्ने यारामा आएर ट्रेकिङ एजेन्सीलाई प्रतिकुल मौसम र हिमपातका कारण अलपत्र परेको सूचना दिएका थिए। 

त्यसलगत्तै ट्रेकिङ एजेन्सीको समन्वयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङले उनीहरुको उद्दारमा सहजीकरण गरेको मुस्ताङका डिएसपी भोजराज पाण्डेयले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.