कीर्तिमानी कामीरितालाई काठमाडौंमा भव्य स्वागत (फोटो फिचर)
काठमाडौं : ३० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका कामीरिता शेर्पा काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार कामीरिताको भव्य स्वागत गरिएको छ।
उनले बुधबार बिहान ७:४९ बजे ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। उनले यो सिजनमा मात्रै दुई पटक सगरमाथा आरोहण गरेका छन्। त्यस्तै पासाङ दावाले हालसम्म २७ पटक सगरमाथाको सफल आरोहण गरेका छन्।