कांग्रेससहित सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

कांग्रेससहित सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)मा सहमति जुटाउन सत्तापक्ष र प्रतिपक्षीबीच छलफल सुरू भएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

संसदीय छानबिन समितिमा गृहमन्त्रीको नाम नराखिकनै सहकारीको नाम राख्ने विषयमा प्रस्ताव आएपछि उनीहरू छलफलमा जुटेका हुन्। यसअघि संसदीय छानबिन समितिको टिओआरमा सहमति हुन नसक्दा संसद अवरुद्ध हुँदै आएको छ। आज बसेको प्रतिनिधिसभा बैठक पनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो। बैठक आइतबार ११ बजेका लागि बोलाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.