कालीकोटका पुष्प करोडपति बन्दै

कालीकोटका पुष्प करोडपति बन्दै
सुन्नुहोस्

कालीकोट : कालीकोट राष्कोट नगरपालिका-९ का अगुवा किसान पुष्पराज बराल लखपतिबाट करोडपति बन्ने भएका छन्। विगत १० वर्षदेखि कृषि पेशा अँगालेका पुष्पराज बरालले वार्षिक रुपमा आफ्नै नर्सरीमा उत्पादन गरेका बिरुवा बेचेर लखपतिबाट करोडपति बन्ने भएका हुन्। बरालले वार्षिक रुपमा बिरुवा बेचेर नाफा मात्र ८ लाख बचत गर्ने गरेको बताए। उनले भने, ‘कर्मचारीलाई तलब छुट्याएर चोखो ८ लाख बचत गर्ने गरेका छौं। आफ्नै नर्सरीमा ब्याड राखेर ओखर कलमी, कागती, स्याउ, डालेघाँस तथा वन पैदावार बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गरेका छौं।’ 

शैक्षिक योग्यताका हिसाबले कृषि जेटिए पढेका बरालले स्वदेशमै बसेर गरेको मनग्य आम्दानी देखेर अन्य किसानहरू पनि यो पेशा व्यवसायतिर आकर्षित भएका छन्। ‘विगतका दिनमा पुर्खाहरूले गर्दै आएको परम्परागत सामान्य कृषि पेशा अँगालेका बरालले अध्ययनपश्चात रोजगारीका लागि जागिर पनि खाए। तर आर्थिक अवस्थामा कुनै सुधार आएन। परिवारको छाक टार्न धौंधौं भयो। पछि व्यावसायिक तरिकाले कृषि पेशा तथा नर्सरी व्यवसाय गरेको पहिलो वर्षमै आर्थिक अवस्थामा सुधार आएको छ’, उनले भने। 
 

बरालले यही पेशा व्यवसायबाट हाल कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जग्गा किनेको बताए। उनको साथमा हाल एउटा गाडी पनि छ। ३४ वर्षीय बरालका ३ वटा छोरा छोरी छन्। उनको पढाइ लेखाइ गाउँकै विद्यालयमा भइरहेको छ। उनलाई गाउँमा अगुवा किसानका रुपमा सबैले माया गर्ने गरेका छन्। केही सिक्नु पर्‍यो भने अन्य किसानहरू घरमै आएर सिकेर जान्छन्। 

अगुवा किसान पुष्पराज बरालको आगामी योजना अझै कलमी ओखर र अन्य ओखरको बगैँचा बनाउने छ। नर्सरीलाई पनि आगामी दिनमा थप निरन्तरता दिने उनको लक्ष्य छ। सामान्य जीवन यापन बिताउँदै आएका बरालको योजना खासै महोत्वकांक्षी छैन। उनी भन्छन्, ‘हामी जस्ता युवाहरूले विदेशमा गएर अर्काको देशमा सुन फलाउन समय खेर फाल्नुभन्दा आफ्नै देशमा काम गरी खानु राम्रो विषय भएको उनको बुझाइ छ।’

अगुवा किसान बरालले कलमी ओखरलाई प्रतिबोट ५ सय ५०, देखि ६ सयका दरले बिक्री वितरण गर्ने गरेको बताए। उनले भने, ‘अन्य ओखरको प्रतिबोट ५० देखि ८० रुपैयाँमा बिक्री वितरण भइरहेको छ। वार्षिक रुपमा कलमी ओखर र अन्य फलफूलका बिरुवा गरी जम्मा ७ हजार जतिको फलफूलका बिरुवाहरू बिक्री वितरण गर्ने गरेका छौं।’
  
उत्पादन गरिएका फलफूलका बिरुवाहरू हाल कर्णाली प्रदेशका १० वटै जिल्लामा बिक्री वितरण भइरहेका छन्। त्यतिमात्र नभई काठमाडौं, पुर्वका जिल्लातिर,सुदूरपश्चिमको बाजुरा जिल्लादेखि गोरखा, खोटाङ हुँदै रुकुम तिर पनि बिरुवाहरू बिक्री वितरण भइरहेका छन्। 

आफ्नो गाडीमा कहिले पुर्‍याउन जाने त कहिले उनीहरू आफैं लिन आउने गरेको उनले बताए। 
उनले भने, ‘आफू औपचारिक रुपमा कृषि व्यवसायमा लागि पनि हाल सम्म स्थानीय सरकारको तर्फबाट कुनै पनि सहयोग भएको छैन। नगरका कर्मचारीहरू आएर कहिलेकहीँ प्राविधिक हिसाबले सुझाव दिने गरेको भएपनि अन्य अनुदानको कार्यक्रम पाएको छैन।’ नगरले आफ्नै नजिकका मान्छेलाई अनुदानका कार्यक्रम दिने गरेको उनको आरोप छ। 

अगुवा किसानका रुपमा चिनिएका पुष्पराज बरालले हाल ६ जना कर्मचारीहरूलाई मौसम अनुसार रोजगारी दिँदै आएको बताए। उनले भने, ‘सरकारले हामी जस्ता किसानहरू लागि राम्रो कार्यक्रम ल्याएको खण्डमा राम्रो रोजगारी सिर्जना हुन सक्छ। यदि राष्कोटमा हाइटेक नर्सरीका नाममा करोडौं बजेट गैरकिसानलाई दिने कुनै काम नगरी बजेट पचाउने काम गर्ने हो। अगुवा किसानका लागि राम्रो हुन सक्दैन।’
  
राष्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषणले) जिल्लाको राष्कोट नगरपालिकालाई बिरुवा उत्पादनका लागि पकेट क्षेत्र घोषणा गर्ने बताए। उनले भने, ‘आगामी दिनमा जे जस्तो भए पनि अबका दिनबाट अगुवा किसानहरूका लागि क्षमता अभिवृद्धिका कार्यक्रम तालिम गोष्ठी सञ्चालन गर्नुका साथै अनुदानमा आधारित कार्यक्रमहरू विकास गरेर लैजाने छौं।’ 

             
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.